अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मनाङका बाढी पीडितलाई युवा संघको राहत

मनाङका बाढी पीडितलाई युवा संघको राहत


मनाङ -नेकपा(एमाले)को युवा संगठन राष्ट्रिय युवा संघ नेपालले मनाङ जिल्लाको नासो गाउपालिका वडा न १ ताल पुगेर राहत सामाग्री हस्तान्तरण गरेको छ ।
काठमाडौमा संघका इञ्चार्ज एवं पूर्वमन्त्री महेश बस्नेतले विदाई गरेको टोली अध्यक्ष किरण पौडेलको नेतृत्वमा सडक मार्गबाट त्यसतर्फ गएको थियो । अध्यक्ष किरण पौडेलले दिएको जानकारी अनुसार एक ट्रक र ५ पिकअप गाडी सहित ३७ जनाको केन्द्रिय टोलि थप स्थानीय कार्यकर्ता सहित लमजुङ्गको बाउन डांडा सम्म पुगे पछी सोहि स्थल लाई बेस क्याम्प बनाएको थियो । बाउन डांडा बेस क्याम्प बनाइ त्यहाँबाट ६ ट्रीप हेलिकप्टरबाट मनाङ्गको ताल सम्म राहात सामग्री पु¥याइएको र बाँकी सामग्री स्थलमार्गबाटै संघका स्थानीय कमिटीले ताल सम्म पुर्याउने पौडेलले जानकारी दिनुभयो ।

१५ लाख बराबरको जिन्सी र नगद ३ लाख बाढीपिडितलाई पिडितलाई वितरण गरिएको वडाध्यक्ष झलकमान गुरुङले जानकारी दिनुभयो ।