अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रौतहटमा खेतमा पानी लगाउने विषयमा झडप, १५ जना घाइते

रौतहटमा खेतमा पानी लगाउने विषयमा झडप, १५ जना घाइते


रौतहट- जिल्लाको मौलापुरमा खेतमा पानी लगाउने विषयमा झडप हुँदा १५ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी सिद्धिविक्रम शाहका अनुसार आज बिहान मौलापुर नगरपालिका-१ स्थित मर्यादपुरमा मुलावी साहले हृदय यादवको खेतमा पानी लगाइदिएपछि विवाद हुँदा भएको झडपमा दुवै पक्षका गरी १५ जना घाइते भएका हुन् ।

साह पक्षका ८ जना र यादव पक्षका ७ जना घाइते भएका छन् । उनीहरूको मौलापुरमै उपचार भइरहेको र सबै खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।

दोहोरो झडपका कारण मर्यादपुर केही समय तनावग्रस्त बनेको थियो । घटनास्थलमा थप सुरक्षाकर्मी खटाइएको छ । अहिले भने अवस्था सामान्य भइसकेको प्रहरीले जनाएको छ ।