अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

‘केही दिनपछि शेरबहादुरजी प्रधानमन्त्री बन्नुहुन्छ’

‘केही दिनपछि शेरबहादुरजी प्रधानमन्त्री बन्नुहुन्छ’


काठमाडौं- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा केही दिनमै प्रधानमन्त्री बन्नुहुने बताउनुभएको छ ।

प्रचण्डले सर्वोच्च अदालतमा देउवाको समर्थनमा बहुमत सांसदले हस्ताक्षर बुझाएको र लोकतान्त्रिक मान्यता अनुसार फैसला हुँदा देउवा प्रधानमन्त्री बन्ने दाबी गर्नु भएको हो ।

आज संघीय संसद्‍ भवनमा आयोजित पत्रकारसँगको अन्तक्रियामा प्रचण्डले १४९ सांसदको हस्ताक्षर र १४६ सांसदको रिट सर्वोच्चमा दर्ता भएकाले देउवा प्रधानमन्त्री बन्ने बताउनुभयो ।