अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काँग्रेस परित्याग गरी सिन्धुलीका दुई युवा नेता एमाले प्रवेश

काँग्रेस परित्याग गरी सिन्धुलीका दुई युवा नेता एमाले प्रवेश


काठमाडौ -नेपाली कांग्रेस परित्याग गरेर सिन्धुलीका दुईजना युवा नेता नेकपा एमालेमा प्रवेश गर्नुभएको छ ।
कमलामाई नगर सदस्य राजु चौलागाई र नेपाली काँग्रेसका सकृय कार्यकर्ता इश्वर थापा नेकपा एमाले प्रवेश गर्नु भएको हो । युवा संघ नेपालका इन्चार्ज एवं पुर्वमन्त्री महेश बस्नेतले उहाँहरुलाई खादा लगाएर एमालेमा प्रवेश गराउनुभएको हो ।
युवा संघ नेपालको केद्रीय कार्यलयमा आयोजित कार्यक्रममा उहाँहरुलाई स्वागत गर्दै पूर्वमन्त्री बस्नेतले नप्रबेशीहरुको निर्णयको प्रशंशा गर्दै ढुक्क भएर एमालेको अभियानमा सकृयता पूर्वक लाग्न आग्रह गर्नुभएको छ । ‘ अहिले देशमा केही पूर्व समुहहरुको नाममा गठित अनेक पूर्व क्लबहरु देशलाई अस्थिरताको दिशातर्फ धकेल्ने चलखेलमा तल्लिन छन्’ बस्नेतले भन्नुभयो ‘उनीहरुको शशक्त प्रतिबाद गर्न युवाहरु एकजुट भएर लाग्नु पर्दछ ।
पूर्वआयुक्त ,पूर्वन्यायधिस, बार एसोसिएसनका पूर्व पदाधिकारीहरु सबै मिलेर अहिले सरकार र राष्ट्र बिरुद्ध अनेक षड्यन्त्र गरिरहेको बस्नेतको भनाइ छ ।

संघका अध्यक्ष किरण पौडेलले केपी शर्मा ओलीले राष्ट्रियता र समृद्धिको लागि चाल्नुभएको कदमका कारण एमाले प्रवेशको लहर देशव्यापी चलिरहेको बताउनुभयो ।
‘हामी नवप्रवेशी साथीहरुलाई संगठनमा उचित जिम्मेवारी प्रदान दिन्छौं’ महासचिब रमेश आचार्यले  भन्नुभएको छ ।
नवप्रवेशी राजु चौलागाईले आफु कुनै लोभलालच राखेर एमालेमा प्रवेश गरेको नभई नेपालि कांग्रेस भित्र लोकतन्त्र र राष्ट्रियतामा आएको विचलन तथा काङ्रेशी रवैयाबाट मुक्त हुन तथा केपी शर्मा ओलीको राष्ट्रवादी अडानबाट प्रभावित भएर प्रवेश गरेको बताएका छन ।
नवप्रबेशीहरुलाई संघका अध्यक्ष किरण पौडेल ,सिन्धुली एमाले अध्यक्ष प्रदिप कटुवाल,युवा संघका पदाधिकारी लगायतले स्वागत गर्नुभएको छ ।