अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले अध्यक्ष ओलीकाे राष्ट्रियताप्रतिको अडान र बफादारिताप्रति सम्मान गर्छु: रञ्जीता श्रेष्ठ

एमाले अध्यक्ष ओलीकाे राष्ट्रियताप्रतिको अडान र बफादारिताप्रति सम्मान गर्छु: रञ्जीता श्रेष्ठ


काठमाडौं–नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जीता श्रेष्ठले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रशंसा गर्नुभएको छ। अध्यक्ष श्रेष्ठले एमालेको एघारौँ महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना दिँदै अध्यक्ष ओलीलेको प्रशंसा गर्नुभएको हो । 

अध्यक्ष श्रेष्ठले एघारौँ महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना दिँदै राष्ट्रियताको पक्षमा सदैव अग्रसर भएको भन्दै अध्यक्ष ओलीको प्रशंसा गर्नुभएको हो। प्रशंसासँगै हुनाले राष्ट्रिय मुद्दा र एकताको पक्षमा एमालेसँग सहकार्य गरेर अगाडि बढ्ने समेत बताउनुभयो।

उहाँले भन्नुभयो, ‘राष्ट्रका आगामी मार्गचित्रको हेर्न राजनीतिक क्षण पनि हो। राष्ट्रिय हितको साझा सङ्कल्प बोकेर यहाँ उपस्थित भएका छौँ । नाकाबन्दीको बेला राष्ट्रियता स्वाधीनताको अडानलाई अडानलाई एमालेले लिएको भूमिकालाई प्रशंसा गर्न योग्य छ। उहाँको राष्ट्रियताप्रतिको अडान र बफादारिताप्रति म सम्मान गर्दछु। उहाँको ढिढनाता विवेक र न्याय स्थापना गर्न पनि देखियोस् । एक्लै हिँडेर कोही पनि गन्तव्यमा पुग्न सकिँदैन । सबैसँग सहकार्य गर्न आवश्यक छ । राष्ट्रियता र एकताको मुद्दामा एमालेसँगको सहकार्यको ढोका ढोका सधैँ खुल्ला छ।

Skip This