काठमाडौं -कोरोना संक्रमण दर घट्दै गए पनि स्थिती सहज नभएको भन्दै उपत्यकामा थप एक साता निषेधाज्ञा थप्ने तयारी भएको छ ।
अघिल्लो पटक थपिएको निषेधाज्ञा आज राती १२ बजे सकिदैछ । उपत्याका तीन जिल्लाका प्रशासन कार्यलयहरुका अनुसार अहिलेको नियमलाई यथावत राखेर थप के कति खुकुलो पार्न सकिन्छ भन्ने बारेमा आज साँझसम्ममा तय गरिनेछ । सावर्जनिक यातायात खुलाउन सर्वसाधरणले माग गरे पनि अहिले अवस्था त्यती सहज भइनसकेको काठमाडौं जिल्ला प्रशासनले जनाएको छ ।
प्रतिक्रिया