अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुनसरीमा हायसले पिकअप र मोटरसाइकललाई ठक्कर दिंदा तीन जनाको ज्यान गयो

सुनसरीमा हायसले पिकअप र मोटरसाइकललाई ठक्कर दिंदा तीन जनाको ज्यान गयो


काठमाडौं -सुनसरीको कोसी गाउँपालिका–८ नङ्खुटोल स्थित पूर्व–पश्चिम राजमार्गमा सडक दुर्घटनामा परि तीन जनाको ज्यान गएको छ ।

आइतबार बिहान ७ः४५ बजेतिर पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको बा ३ ख ७२२४ नम्बरको हायस गाडीले विपरित दिशाबाट आउदै गरेको स ६ प ४६६१ नम्बरको मोटरसाइकल र को १ च ९३६८ नम्बरको पिकअप गाडीलाई ठक्कर दिएको थियो ।

दुर्घटनाबाट गम्भीर घाइते भएका मोटरसाइकल चालक सप्तरी डाक्नेश्वरी–५ का २८ वर्षीय उदय साह, मोटरसाइकलको पछाडी सवार मोरङग विराटनगर–९ का ४५ वर्षीय रामप्रसाद साह र पिकअप चालक विराटनगर–७ का ४० वर्षीय अक्षयकुमार गुप्ताको जिल्ला अस्पताल इनरुवामा उपचारको क्रममा ज्यान गएको हो ।

उक्त दुर्घटनाबाट घाइते भएका हायस चालक नुवाकोट विदुर नगरपालिका–१३ का ३५ वर्षीय विवस तामाङ् र हायसका सहचालक विदुर नगरपालिका–११ का २५ वर्षीय नारायण बत्सयालको बिराट नर्सिङ होममा उपचार भइरहेको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

दुर्घटना भएका तीन वटै सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको छ