अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

डा. बेदुराम भुसालले एमाले त्याग्नुभयो

डा. बेदुराम भुसालले एमाले त्याग्नुभयो


काठमाडौं -नेकपा एमालेको माधव गुटका नेता एवं राष्ट्रिय सभा डा. सदस्य बेदुराम भुसालले पार्टी परित्याग गर्नुभएको छ ।
पार्टी परित्याग गरेको जानकारीसहितको पत्र भुसालले आइतबार संघीय संसद् सचिवालयमा दर्ता गराउनु भएको हो । सर्वोच्च अदालतको गत फागुन २३ गतेको फैसलापछि आफू एमाले र माओवादी केन्द्रको संसदीय दलको सदस्य नभएको उहाँले पत्रमा उल्लेख गर्नुभएको छ ।

भुसालले लेख्नुभएको छ -सर्वोच्च अदालतको फागुन २३ को फैसलाले उक्त पार्टीको अस्तित्व समाप्त गरिदिएपछि त्यस पार्टीबाट निर्वाचित मसहितका जनप्रतिनिधिहरु दलविहीन अर्थात स्वतन्त्र हुन पुगेको सर्वविधितै छ,तत्पश्चात म नेकपा एमाले वा नेकपा माओवादी केन्द्र कसैको पनि संसदीय दलको सदस्य नबनी सभाको स्वतन्त्र सदस्यका रुपमा रहेको छु र आगामी दिनमा पनि स्वतन्त्र सदस्यकै रुपमा रहनु चाहान्छु ।

राष्ट्रिय सभाको बाँकी कार्यकाल पनि स्वतन्त्र रुपमा नै बिताउने उल्लेख गर्दै भुसालले आफूलाई स्वतन्त्र सांसदको रुपमा व्यवहार गर्न पनि आग्रह गर्नुभएको छ । सभामा आफुलाई स्वतन्त्र हैसियत प्रदान गर्न पनि उहाँले आग्रह गर्नुभएको छ । आफूले पाउने पारिश्रमिकबाट कुनै पनि रकम लेबी वा अन्य कुनै पनि रकम कुनै पनि दलको खातामा जम्मा नगरिदिन समेत भुसालले आग्रह गर्नुभएको छ ।

अर्घाखाँची स्थायी घर भएका भुसाल माधव गुटका बलिया नेता मानिनुहुन्छ । भुसालले पार्टी परित्याग गर्नुलाई निक्कै महत्वसाथ हेरिएको छ । आइतबार दिउँसोसम्म उहाँ माधव गुटकै गतिविधिमा सक्रिय हुनुहुन्थ्यो । एमालेले बोलाएको महाधिवेशन आयोजक कमिटीको बैठकमा तपाईंहरुको समूह जान्छ वा जाँदैन भनेर सोधेको प्रश्नमा उहाँले आफ्नो गुट बैठकमा नजाने प्रतिक्रिया दिनुभएको थियो ।