अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

महोत्तरीमा चट्याङ्ग लागेर दुई जनाको मृत्यु

महोत्तरीमा चट्याङ्ग लागेर दुई जनाको मृत्यु


महोत्तरी- वर्षासँगै परेको चट्याङ्ग लागेर महोत्तरीको मनरासिस्वा नगरपालिकामा दुई जनाको मृत्युभएको छ । मृत्युहुनेमा मनरासिस्वा वडा नं ४ साढा गाउँका प्रेमशिला देवी र वडा नं ५ कटैया गाउँका विशेश्वर राय छन् ।

जिल्ला प्रहरी कार्यालयक महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार ५० वर्षीया देवीको घर नजिकै खेतमा राखिएको धानको बीउमा मल राखिरहँदा र ८० वर्षीय रायको गाउँ नजिक भैसी चराउँदै गरेका अवस्थामा आज विहान परेको चट्याङ्ग लागेर घटनास्थलमा नै मृत्युभएको थियो ।