काठमाडौं- गृह मन्त्रालयले नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक सहकुल बहादुर थापालाई अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्न सिफारिस गरेको छ ।
गृह मन्त्रालयमा आज बसेको बढुवा समितिको बैठकले थापालाई बढुवा गर्न सिफारिस गरेको हो ।
यसअघि मन्त्रिपरिषदले एउटा एआईजीको पद थप गर्ने निर्णय गरेको थियो । थापाको बढुवा सिफारिस भएपछि महानिरीक्षकमा अब विश्वराज पोखरेलसँग प्रतिस्पर्धा हुनेछ ।
हालका आईजीपी शैलेश थापा क्षेत्रीले २०७९ वैशाख १९ गते अवकाश पाउनु हुनेछ ।







प्रतिक्रिया