अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

किसानलाई बेरोजगार र घरबारबिहीन बनाइयोः बामदेव गौतम

किसानलाई बेरोजगार र घरबारबिहीन बनाइयोः बामदेव गौतम


काठमाडौं– नेकपा एमालेका नेता एवम् अखिल नेपाल किसान महासंघका अध्यक्ष वामदेव गौतमले सरकारले वैदेशिक लगानी व्यवस्था ऐनको अनुसूची संशोधन गरेर किसानलाई बेरोजगार र घरबारबिहीन बनाउन लागेको आरोप लगाउनुभएको छ । उहाँले किसान विरोधी कदम चालेर कृषि क्षेत्रलाई तहसनहस पार्ने काम गरेको भन्दै त्यसको भर्त्सना गर्नुभयो ।

धान दिवसको अवसरमा विज्ञप्तिमार्फत् शुभकामना प्रदान गर्दै नेता गौतमले कृषि क्षेत्रको विकासमा सरकार बाधक भएको आरोपसमेत लगाउनुभएको छ । सरकारले बहुराष्ट्रिय कम्पनीलाई नेपालको प्राथमिक उत्पादनको क्षेत्रमा प्रवेश गराउनका लागि वैदेशिक लगानी व्यवस्था ऐनको अनुसूची संशोधन गरेर अनुकूल बनाइदिएको गौतमको भनाइ छ ।

नेता गौतमले आफूहरूले धेरै वर्षअघिदेखि भूमि बैंकको बिरोध गर्दै आएको स्मरण गर्नुभयो । ‘भूमि बैंक भनेको विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषहरूले अगाडि सारेका एजेण्डा हुन् । इण्डोनेशिया र फिलिपिन्समा पूर्णतः असफल भइसकेको यो कार्यक्रम अहिले हाम्रो देशमा ल्याउने काम वर्तमान सरकारबाट भएको छ,’ गौतमको भनाइ छ ।