काठमाडौं- नेकपा एमालेका प्रवक्ता तथा पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले वर्तमान सरकारले मुलुकलाई नयाँ उचाइमा पुर्याएको बताउनुभएको छ ।
आज राष्ट्रिय धान दिवसको उपलक्ष्यमा भक्तपुरमा आयोजित रोपाइँ कार्यक्रममा बोल्दै ज्ञवालीले केपी शर्मा ओली नेतृत्वको सरकारले मुलुकलाई केही वर्षमा नयाँ उचाइमा पुर्याएको बताउनुभएको हो ।
उहाँले भन्नुभयो, ‘प्रधानमन्त्री ओली नेतृत्वको सरकारले गएका केही वर्ष मुलुकले नयाँ दिशा, नयाँ उचाई र नयाँ एउटा गति प्राप्त गर्यो । कुनै बेला हिंसाको यस्तो बिगबिगी थियो ।’
कुनै समयमा हिंसाका कारण मानिसहरू बोल्न नसक्ने अवस्था रहेको उल्लेख गर्दै ज्ञवालीले अहिले अवस्था शान्त भएको बताउनुभयो ।
‘आफ्नै घरबाट कोही मान्छेलाई अपहरण गरेर हत्या गरिँदासमेत सुरक्षा निकायमा गएर उजुरी दिन नसक्ने र चन्दाको धम्की दिइयो भने आफैँ पोको पारेर चन्दा लगेर बुझाइदिने र कसैले मागेन भने म त ब्ल्याक लिस्टमा पो परेछु क्यार भन्ने एक खालको एउटा डरलाग्दो अवस्था थियो,’ उहाँले भन्नुभयो ।







प्रतिक्रिया