काठमाडौं- नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकमा कारबाहीमा परेका नेताहरूबाहेक सबैलाई उपस्थित हुन निमन्त्रणा गरिएको छ ।
पार्टी केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार आयोजक कमिटीको बैठकमा उपस्थितका लागि वरिष्ठ नेता झलनाथ खनाल, नेता नेपाल, भीम रावल, रामकुमारी झाँक्री, कल्याणी खड्कासहित ११ जनाबाहेकका सबै नेतालाई निमन्त्रणा भएको हो ।
‘पार्टी बैठकमा यसअघि कारबाहीमा परेका बाहेक सबैलाई बोलाइएको छ’, उहाँले भन्नुभयो, ‘बुधबार बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्नेछ ।’
बैठकले राष्ट्रिय प्रतिनिधि परिषद विस्तार गर्ने बताइएको छ । हाल ११९९ सदस्य रहेको परिषदमा पूर्वमाओवादीको बादल समूहले आफ्नो तर्फबाट ५६० जनाको नाम पठाएको छ ।







प्रतिक्रिया