अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रूपा सुनारविरुद्ध भ्रामक समाचार लेख्ने ६ अनलाइन बन्द गर्न काउन्सिलको पत्राचार

रूपा सुनारविरुद्ध भ्रामक समाचार लेख्ने ६ अनलाइन बन्द गर्न काउन्सिलको पत्राचार


काठमाडौं- प्रेस काउन्सिल नेपालले रूपा सुनारविरुद्ध भ्रामक समाचार लेख्ने ६ वटा अनलाइन बन्द गराउन नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्राचार गरेको छ ।

काउन्सिलले आज नेपालभित्र उक्त अनलाइन प्रकाशनरप्रशारण हुन नसक्ने गरी बन्द गर्न भन्दै पत्राचार गरेको हो ।

काउन्सिलले खबरमाला, कालापानीपोष्ट, मिडियाट्वान्टीपोष्ट, ग्यालेक्सी सेभेन एक्सप्रेस, आजको नयाँ, साँझा मिडिया डटकमलाई बन्द गराउन पत्राचार गरेको हो ।

आफूविरुद्ध अफवाह फैलाएको भन्दै सुनारले काउन्सिलमा ९ मिडियाविरुद्ध उजुरी दिनुभएको थियो । सो उजुरी आइतबार दर्ता भएको थियो ।

ती अनलाइनले अफवाह फैलाइ जातजाति, धर्म वा सम्प्रदायबीचको सु-सम्बन्धमा खलल पुर्‍याउने र जातीय छुवाछुत एवम् लैंगिक भेदभावलाई दुरुत्साहन गरेको निवदनमा उल्लेख थियो ।