अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आज ४३४८ संक्रमणमुक्त हुँदा २६३६ जनामा कोरोना पुष्टि

आज ४३४८ संक्रमणमुक्त हुँदा २६३६ जनामा कोरोना पुष्टि


काठमाडौं- गत २४ घण्टामा नेपालमा २ हजार ६३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

११ हजार ७४८ जनाको परीक्षण भएकोमा पीसीआर विधिबाट ७ हजार २५९ र एन्टिजेन विधिबाट ४ हजार ४८९ को परीक्षण गर्दा सो संख्यामा कोरोना पुष्टि भएको हो ।

योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या ६ लाख ३६ हजार ९१६ (पीसीआर) र ३३ हजार ९४१ (एन्टिजेन) जना पुगेको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा थप ४ हजार ३४८ जना संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या ५ लाख ९२ हजार ५३५ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट २० जनाको मृत्यु भएको छ । योसहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ७१ पुगेको छ ।