अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जातीय विभेद प्रकरण : प्रधानमन्त्रीद्वारा शिक्षामन्त्रीको ध्यानाकर्षण

जातीय विभेद प्रकरण : प्रधानमन्त्रीद्वारा शिक्षामन्त्रीको ध्यानाकर्षण


काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले जातीय विभेद गरेको आरोपमा थुनामा रहेकी सरस्वती प्रधानलाई आफ्नो गाडीमा लिफ्ट दिएका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठलाई सचेत गराउनुभएको छ ।

प्रधानमन्त्री ओलीले मन्त्री श्रेष्ठलाई आगामी दिनमा त्यस्तो गल्ती नगर्न सचेत गराउनुभएको कानूनमन्त्री लीलानाथ श्रेष्ठले जानकारी दिनुभयो ।

‘सम्माननीय प्रधानमन्त्रीज्यूले मन्त्रीज्यूलाई ध्यानाकर्षण गर्नुभएको छ । आवेशमा आएर यस्तो काम नगर्नुहोस् । जुन काम तपाईंले गर्नुभयो, त्यो ठीक भएन भन्नुभएको छ,’ आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा पत्रकारहरूको प्रश्नमा मन्त्री श्रेष्ठले भन्नुभयो ।

सञ्चारकर्मी रूपा सुनारलाई दलित भएका कारण कोठा भाडामा नदिएको भन्दै प्रहरीले काठमाडौं बबरमहलकी घरबेटी सरस्वती प्रधानलाई नियन्त्रणमा लिएको थियो । तीन दिनपछि प्रहरी नियन्त्रणबाट रिहा भएकी प्रधानलाई मन्त्री श्रेष्ठले आफ्नो गाडीमा लिफ्ट दिनुभएको थियो ।