अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

ग्राहकलाई ग्लोबल आईएमई बैंकको अनुरोध : भ्रामक सूचनाबाट सतर्क रहनुहोला

ग्राहकलाई ग्लोबल आईएमई बैंकको अनुरोध : भ्रामक सूचनाबाट सतर्क रहनुहोला


काठमाडौं- ग्लोबल आईएमई बैंक लिमिटेडले भ्रामक सूचनाबाट सतर्क रहन ग्राहकलाई अनुरोध गरेको छ । बैंकले एक सूचना जारी गर्दै सामाजिक सञ्जालमा ठगी धन्धा चलेको भन्दै सतर्क रहन अनुरोध गरेको हो ।

पछिल्लो समय बैंकका ग्राहकहरूलाई विभिन्न प्रलोभन पारी रकम पठाईदिन भनेर ठगी गर्ने गरेको गुनासो आएकाले बैंकले सतर्क रहन आग्रह गरेको हो ।

‘विभिन्न सामाजिक सञ्जालहरू भाइबर, मेसेन्जर, व्हाट्सएप लगायतका माध्यमबाट स्वेदेशी तथा विदेशी नम्बरहरूबाट फोन, एसएमएस तथा अन्य सन्देशहरू पठाई चिठ्ठा आदि परेको भन्दै प्रलोभन देखाई त्यस्तो चिठ्ठा बापतको रकम प्राप्त गर्न बैंक खाता र बैंक खाता सम्बन्धी अन्य गोप्य विवरणहरू मागी मोबाइल बैंकिङ्ग तथा अन्य डिजिटल भुक्तानीका माध्यमहरूको प्रयोगबाट ठगी गर्ने प्रयास भइरहेको भन्ने बारेमा गुनासो प्राप्त भइरहेको सम्बन्धमा बैंकको ध्यानाकर्षण भएको छ,’ बैंकले सार्वजनिक गरेको सूचनामा उल्लेख गरिएको छ ।

बैंकले आफ्नो व्यक्तिगत विवरण सुरक्षित राख्नसमेत आग्रह गरेको छ । बैंकका सम्पूर्ण ग्राहकहरूलाई आफ्नो खाताको विवरण र बैंकिङ्ग कारोबारका क्रममा उपयोग गरिने विभिन्न डिजिटल प्रविधिसँग सम्बन्धित OTP, Password, PIN जस्ता गोप्य विवरण कसैलाई पनि नदिनसमेत अनुरोध गरेको छ ।