अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बालुवाटारमा एमाले महाधिवेशन आयोजक कमिटीको बैठक सुरु

बालुवाटारमा एमाले महाधिवेशन आयोजक कमिटीको बैठक सुरु


काठमाडौं-नेकपा एमाले दशौं महाधिवेशन आयोजक कमिटीको अन्तिम बैठक सुरु भएको छ ।

प्रधानमन्त्री निवास बालुवटारमा सुरु भएको बैठकले महाधिवेशन आयोजक कमिटी भंग गर्दै एमालेका सांगठनिक संरचनाहरु २०७५ जेठ २ मा फर्काउने निर्णय गर्नेछ ।

बुधबार साँझ बसेको स्थायी कमिटी बैठकले एमालेका सांगठनिक संरचनाहरु २०७५ जेठ २ मा फर्काउने निर्णय गरेको थियो ।

बैठकले स्थायी कमिटीको यो निर्णयलाई अनुमोदन गर्नेछ । पार्टीको संस्थापन पक्षले भोलि १७ गते नवौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको बैठक राख्ने तयारी गरेपनि माधव नेपाल पक्षले थप छलफलका लागि एक दिन पर सार्न आग्रह गरेकोले अर्को बैठक १८ गते बस्नेछ ।

आजको बैठकमा माधव नेपाल सहित पार्टीले साधारण सदस्य समेतबाट निष्कासन गरेका ११ जनालाई बाहेक सबै केन्द्रीय सदस्यहरुलाई निमन्त्रणा गरिएको थियो ।