काठमाडौं- नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालको उपचार खर्च पार्टीले ब्यहोर्ने भएको छ । आज बालुवाटारमा बसेको महाधिवेशन आयोजक कमिटीको बैठकले नेता खनालको उपचार खर्च एमालेले ब्यहोर्ने निर्णय गरेको पार्टी प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिनुभयो ।
बैठकले भारतको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा उपचारत नेता खनालको स्वास्थ्यलाभको पनि कामना गरेको छ ।
एमाले स्थायी कमिटीमा ८ नेता थप, माधव पक्षमाथिको कारवाही निष्क्रिय







प्रतिक्रिया