अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले जेठ २ मा फर्किएको केही घण्टामै कार्यदल बैठक

एमाले जेठ २ मा फर्किएको केही घण्टामै कार्यदल बैठक


काठमाडौं- नेकपा एमालेले महाधिवेशन आयोजक कमिटी भंग गरेर केन्द्रीय कमिटीलाई निरन्तरता दिने निर्णय गरेको केही घण्टापछि नै कार्यदलको बैठक बस्दैछ ।

एमाले विवादमा सहमति कायम गर्नका लागि गठित कार्यदलका नेताहरूले यस विषयमा थप छलफल गर्ने तयारी गरेका छन् । आजको बैठकमा संस्थापन पक्षले आजको महाधिवेशन आयोजक कमिटीको बैठकका निर्णयहरू औपचारिक रूपमा जानकारी गराउने तयारी छ । ‘आजको बैठकले सन्तुलित निर्णय गरेको छ । यो निर्णयको जानकारी गराउछौँ,’ कार्यदलका एक सदस्यले नेपाली बहस डटकमसँग भन्नुभयो ‘कतिपय निर्णयहरू उहाँहरूसँगको परामर्शमा पनि भएका छन् । त्यसैले अब पार्टीभित्र सहमति हुन्छ भन्ने कुरामा हामी विश्वस्त छौँ ।’

बैठक पाँच बजेतिर हुने भनिए पनि स्थान गोप्य राखिएको छ । कार्यदलमा संस्थापन पक्षका संयोजक सुवासचन्द्र नेम्वाङले कार्यदलका सदस्यहरूबीच निरन्तर भेटघाट र कुराकानी भइरहेको बताउनुभयो । ‘आज पनि केहीबेरमा हामी भेट्दैछौँ,’ नेम्वाङले नेपाली बहस डट कमसँग भन्नुभयो ।