अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आज २८९२ जनामा कोरोना पुष्टि, ३५९७ जना डिस्चार्ज

आज २८९२ जनामा कोरोना पुष्टि, ३५९७ जना डिस्चार्ज


काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा २ हजार ८९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो ११ हजार ५६८ मा परीक्षण गर्दा सो संख्यामा कोरोना पुष्टि भएको हो । ससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ६ लाख ३८ हजार ८०५ (पीसीआर) र ३४ हजार ९४४ (एन्टिजेन) पुगेको छ ।

यस्तै, गत २४ घण्टामा ४१ जनाको मृत्यु भएको छ । यस्तै, सोही अवधिमा ३ हजार ५९७ जना निको भएको मन्त्रालयले जनाएको छ ।

योसहित निको हुने संख्या ५ लाख ९६ हजार १३२ पुगेको छ भने मृतकको संख्या ९ हजार ११२ पुगेको छ।