अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एकजुट भएर पार्टी निर्माणमा लागौं, भविष्य उज्ज्वल छ : शान्ता चौधरी

एकजुट भएर पार्टी निर्माणमा लागौं, भविष्य उज्ज्वल छ : शान्ता चौधरी


काठमाडौं- नेकपा (एमाले) पूर्वसचेतक शान्ता चौधरीले पार्टी एकताका लागि एकजुट हुनुको विकल्प नभएको बताउनुभएको छ ।

महाधिवेशन आयोजक कमिटी भंग गर्ने एमालेको निर्णयपछि आफ्नो प्रतिक्रिया दिँदै चौधरीले यस्तो बताउनुभएको हो ।

‘अब एमालेका काम कारवाही केन्द्रीय कमिटीकै नामबाट सञ्चालन हुने भएका छन् । पार्टीका लाखौंलाख कार्यकर्ताको भावना एकता नै थियो । नेपाली जनता हाम्रो पार्टी एकजुट भएको हेर्न चाहन्छन्, सोहीअनुसार अब सकारात्मक वातावरण बन्दैछ,’ पूर्वसांसद समेत रहनुभएकी चौधरीले फेसबुकमा लेख्नुभएको छ, ‘पार्टीका संरचनालाई ०७५ जेठ २ मा फर्काउने माग सम्बोधन हुने भएको छ । अब सबै एकजुट भएर पार्टी निर्माणमा लागौं, भविष्य उज्ज्वल छ ।’