काठमाडौं- एमालेको माधव पक्षले भोलि स्थायी समिति बैठक बोलाएको छ ।
विकसित राजनीतिक घटनाक्रमबारे आफ्नो समूहको बैठक बसेर छलफल गर्ने माधव पक्षकी नेतृ अष्टलक्ष्मी शाक्यले जानकारी दिनुभयो । ‘बिहीबार हाम्रो समुहको बैठक बसेर छलफल गर्छौँ,’ उहाँले भन्नुभयो ।
प्रधानमन्त्री तथा ध्यक्ष केपी शर्मा ओलीले आज महाधिवेशन आयोजक कमिटीको बैठक राखेर जेठ २ को पार्टी संरचनामा असार १८ मा केन्द्रीय कमिटी बैठक बोलाउने तथा नेताहरूमाथि गरेको कारवाही खारेज गर्ने घोषण गरेपछि माधव समूहले आफ्नो पक्षको स्थायी समिति बैठक बोलाएको हो ।







प्रतिक्रिया