काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य कुशल भुर्तेल र कप्तान ज्ञानेन्द्र मल्लको वरियतामा सुधार आएको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले जारी गरेको टी-२० क्रिकेटको पछिल्लो वरियतामा भूर्तेल ६०औँ स्थानमा तथा मल्ल ९२औँ स्थानमा रहनुभएको छ । यसअघि भुर्तेल ६१औँ तथा मल्ल ९४औँ स्थानमा हुनुहुन्थ्यो ।
आईसीसीले जारी गरेको बरियतामा नेपालबाट भुर्तेल र मल्लसहित चार खेलाडी समेटिनुभएको छ । बरियतामा पर्नुभएका अन्य खेलाडीमा पूर्वकप्तान पारस खड्का र लेग स्पिनर सन्दीप लामिछाने रहनुभएको छ ।
पछिल्लो वरियतामा खड्का ८८औँ स्थानमा रहनुभएको छ । यस्तै, लामिछाने ७६औँ स्थानमा रहनुभएको छ । नयाँ वरियता अनुसार टी-२० क्रिकेटमा नेपाल १३औँ स्थानमा रहेको छ ।





प्रतिक्रिया