अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

काठमाण्डौ उपत्यका सहित देशका विभिन्न भागमा राती देखि बर्षा, दिनभर जारी रहने सम्भावना

काठमाण्डौ उपत्यका सहित देशका विभिन्न भागमा राती देखि बर्षा, दिनभर जारी रहने सम्भावना


काठमाडौं -उपत्यकासहित देशका विभिन्न स्थानमा गए राति १२ बजेदेखि निरन्तर वर्षा भइरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् गंगा नगरकोटीका अनुसार प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा रातिदेखि नै वर्षा भइरहेको हो।
यी प्रदेशका एक दुई स्थानमा अहिले मेघगर्जनरचट्याङसहित भारी वर्षा भइरहेको छ। बाँकी प्रदेशका एकरदुई स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ।

काठमाडौं उपत्यकामा पनि बुधबार राति १२ बजेदेखि निरन्तर वर्षा भइरहेको मौसमविद् नगरकोटीले जानकारी दिनुभयो ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो पनि प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका धेरै तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा जारी रहने देखिएको हो।