अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

म्याग्दीमा जीप दुर्घटना दुईको ज्यान गयो ,छ जना घाइते

म्याग्दीमा जीप दुर्घटना दुईको ज्यान गयो ,छ जना घाइते


बेनी -म्याग्दीमा जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ ।
ग१ज ७६५२ नम्बरको जीप मंगला गाउँपालिका-२ स्थित मिठौलामा बुधवार राति दुर्घटना हुँदा दुई जनाको ज्यान गएको हो । दुर्घटनामा परेर बेनी नगरपालिका(५ की २० वर्षीया सबिना भण्डारी र मंगला गाउँपालिका-१ का १३ वर्षीय बिमल विकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक विरेन्द्रराज गुरुङले जानकारी दिनुभयो ।

दुर्घटनामा परेर पूर्णगाउँका २३ वर्षीय अनिल रसाईली, २५ वर्षीय सुदन आचार्य, ३६ वर्षीया अमृता राम्जाली, २६ वर्षीया एन्जिला भण्डारी, ८ वर्षीया एडिना नेपाली र ३५ वर्षीया गीता खत्री घाइते भएका छन् । घाइते सबैको बेनी अस्पतालमा उपचार भइरहेको उहाँले बताउनुभयो ।

दुर्घटनाको कारण नखुलेको र यसबारे थप अनुसन्धान भइरहेको पनि उहाँले बताउनुभयो ।