अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

५८ दिनपछि आजबाट आन्तरिक हवाइ सेवा सञ्चालन

५८ दिनपछि आजबाट आन्तरिक हवाइ सेवा सञ्चालन


काठमाडौं- कोरोना महामारीका कारण करिब ५८ दिन अघि देखि रोकिएको आन्तरिक हवाइ सेवा आज देखि सञ्चालन हुने भएको छ ।
स्वास्थ्यका मापदण्ड अपनाएर हवाइ सेवा सञ्चालन गर्नका लागि मन्त्रिपरिषदले स्विकृती दिएको थियो । उडान बिहान साढे ६ बजेबाट साँझ ६ बजेसम्मका लागि हुनेछन् ।
प्राधिकरणको अनुमति शाखाका अनुसार बुद्ध एयर ३१,यती एयर १५,श्री एयरलाइन्स १० र सौर्य एयरलाइन्सलाई ३ वटा उडानका लागि अनुमती दिइएको छ । आज देखि हुने उडानमा काठमाडौंबाट पोखरा,भैरवहा,विराटनगर,भद्रपुर,सुर्खेत,संखुवासभा,सुर्खेत,सिमरा र भरतपुर उडान गर्नेछन् । यसैगरी लुक्ला,भोजपुर,सुकेटार लगायतका विमानस्थलमा पनि आजैबाट उडान सुरु हुने प्राधिकरणले जनाएको छ ।
कोरोनाका कारण सरकारले बैशाख २० गतेबाट आन्तरिक उडान स्थगित गरेको थियो ।