अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले कार्यदलका नेताहरु उज्यालो नहुँदै समिट होटलमा

एमाले कार्यदलका नेताहरु उज्यालो नहुँदै समिट होटलमा


काठमाडौं– नेकपा एमालेमा सहमतिको विन्दु पहिचान गर्न कार्यदलको बैठक आज पनि बिहानैदेखि सुरु भएको छ ।

एमाले सचिव भीम आचार्यका अनुसार बिहान ८ बजे नै दुवै पक्षको कार्यदलका सदस्यहरु होटल समिटमा पुगिसक्नुभएको छ ।

‘हिजो बेलुका ९ बजेसम्म बसेर छलफल गर्‍यौं । बिहान आठ बजेदेखि नै हामी फेरि छलफलका जुटेका छौं,’ आचार्यले नेपाली बहस डट कमसँग भन्नुभयो, ‘कुरो अड्किन्छ कि फुक्छ भन्ने कुरा यो छलफलपछि भन्न सकिन्छ ।’

एमालेले हिजो दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीलाई भंग गर्दै केन्द्रीय कमिटीलाई यथावत राख्ने निर्णय गरेको थियो । यससँगै एमालेमा २०७५ जेठ २ गते कायम रहेका पदाधिकारी र सदस्यहरुको पद बहाली भएको छ ।