अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले कार्यदलको बैठक साँझ चार बजे बस्ने गरी स्थगित

एमाले कार्यदलको बैठक साँझ चार बजे बस्ने गरी स्थगित


काठमाडौं -नेकपा एमालेमा सहमती खोज्न बिहानैदेखि बसेको कार्यदलको बैठकसाँझ चारबजे बस्ने गरी सकिएको छ ।

छलफल सकारात्मक मोडमा अघि बढेकोले दोहोर्‍याएर बस्न लागिएको कार्यदलका एक सदस्यले नेपाली बहस डट कमलाई जानकारी दिनुभयो ।

केहीबेरमा सुरु हुने माधव नेपाल पक्षको स्थायी कमिटी बैठकमा सहभागी हुन जानु पर्ने भएकोले अहिलेको बैठक कुरा नटुंगिदै स्थगित गरेको नेताहरुले जनाएका छन् । संस्थापन पक्षका नेताहरुले बैठकमा नकारात्मक अभिव्यक्ति नदिन माधव नेपाललाई सजग गराउन सम्झाउन आग्रह गरेका छन् । ‘सहमतिको नजिक पुगेको बेला नकारात्मक अभिव्यक्ति दिएर वातावरणलाई नभड्काउन आग्रह गरेका छौं’ ती नेताले भन्नुभयो ।

नेपाल पक्षको बैठकले नै पार्टीमा सहमती गर्ने निर्णय गरेर भोलि आयोजना गरिएको केन्द्रीय कमिटीको बैठकमा सहभागी हुने अपेक्षा संस्थापनको छ । ‘केही टेक्निकल बिषयमा केही कुरा अड्किएका छन् । अरु कुरामा समस्या छैन’ संस्थापन पक्षको कार्यदलका संयोजक सुवासचन्द्र नेम्वाङले नेपाली बहस डट कमलाई भन्नुभयो ।