अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रपतिले राष्ट्रिय सभा बैठकलाई सम्बोधन गर्ने तयारी

राष्ट्रपतिले राष्ट्रिय सभा बैठकलाई सम्बोधन गर्ने तयारी


काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्नुहुने भएको छ । उहाँले केही दिनपछि राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्नुहुने भएको हो ।

राष्ट्रपति कार्यालय स्रोतका अनुसार सम्बोधनका लागि सरकारले राष्ट्रपति समक्ष सिफारिस गरेको छ । यद्यपि, औपचारिक निर्णय भने भइसकेको छैन ।

राष्ट्रियसभाका सचिव राजेन्द्र फुयालले राष्ट्रपतिले राष्ट्रियसभामा सम्बोधन गर्ने कुरा भए पनि औपचारिक निर्णय भने हुन बाँकी रहेको जानकारी दिनुभयो ।

‘राष्ट्रपति ज्यूले राष्ट्रियसभामा सम्बोधन गर्ने कुरा भएको भएको छ । यद्यपि सरकारको सिफारिस भएर चिठी भने आएको छैन,’ सचिव फुयालले नेपाली बहस डटकमसँग भन्नुभयो ।