काठमाडौं- नेकपा एमालेका नेता माधव नेपाल समूह शुक्रबारको केन्द्रीय कमिटी बैठकमा सहभागी नहुने भएको छ ।
आज बुद्धनगरमा बसेको नेपाल पक्षीय स्थायी कमिटी बैठकले केन्द्रीय समिति बैठकमा सहभागी नहुने निर्णय गरेको हो ।
शुक्रबार बोलाइएको केन्द्रीय समिति बैठकमा यथास्थितिमा नजाने सर्वसम्मत निर्णय गरेको नेता योगेश भट्टराईले जानकारी दिनुभयो ।
बैठकले पार्टी एकताका लागि आह्वानसमेत गरेको छ ।







प्रतिक्रिया