अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री ओली र नेता नेपालबीच टेलिफोन संवाद

प्रधानमन्त्री ओली र नेता नेपालबीच टेलिफोन संवाद


काठमाडौं– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच बिहीबार राति टेलिफोन संवाद भएको छ ।

लामो संवादहीनता तोड्दै अध्यक्ष ओली र नेपालबीच टेलिफोन वार्ता भएको नेपालनिकट नेता सोमप्रसाद पाण्डेले जानकारी दिनुभयो । दुई नेताबीच शुक्रबार भेट गर्ने सम्भावना रहेको पाण्डेको भनाइ छ । भेटको समय र स्थान भने तय भएको छैन् । शुक्रबार बिहान पुनः टेलिफोन संवाद हुनेछ, त्यसपछि भेट हुने तयारी छ ।

नेपालनिकट नेता भीम आचार्यले पनि दुई जनाबीच टेलिफोनमा सम्वाद हुनु एमालेको लागि सुखद् पक्ष भएको भन्दै खुशी व्यक्त गरे । उनले पार्टी एकताको लागि दुवै नेता गम्भीर रहेको सुनाए ।

अनौपचारिक स्रोतका अनुसार नेपाल समूह लचिलो भए केन्द्रीय समिति बैठक स्थगित गर्ने तयारी छ ।