काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूपक्षीय शीर्ष नेताहरूसँग छलफल गर्नु भएको छ । आगामी महाधिवेशन र क्रियाशील सदस्यता सम्बन्धमा उहाँले शनिबार बिहान आफूनिकटका नेताहरूसँग छलफल गर्नु भएको हो ।
छलफलमा उपसभापतिद्वय विमलेन्द्र निधि, विजयकुमार गच्छदार, महामन्त्री पूर्णबहादुर खड्का, सहमहामन्त्री प्रकाशशरण महत, नेता एनपी साउदलगायतको सहभागिता थियो ।
यस्तै, छानविन समिति संयोजक रमेश लेखकसहित सदस्यहरू आनन्द ढुंगाना, श्याम घिमिरे र योगेन्द्र चौधरी पनि छलफलमा सहभागी थिए ।
शुक्रबार पार्टी कार्यालय सानेपामा बसेको पदाधिकारी तथा शीर्ष नेताहरूको बैठकले क्रियाशील सदस्यमा देखिएको विवाद समाधानका लागि सहमति जुटाएपछि देउवाले आफूपक्षीय छानविन समितिका सदस्यसहितको छलफल राख्नुभएको हो ।
छलफलमा देउवाले निर्धारित मितिमै महाधिवेशन सम्पन्न गर्नुको विकल्प नभएको भन्दै क्रियाशील सदस्यता छिटो टुंग्याउन निर्देशन दिनुभएको थियो ।







प्रतिक्रिया