काठमाडौं- प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच फोन संवाद भएको छ । उहाँहरूबीच आज दिउँसो फोन संवाद भएको स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङले जानकारी दिनुभयो ।
‘प्रधानमन्त्री ज्यू र नेता नेपालबीच आज पनि फोन संवाद भएको छ । उहाँहरूबीचको संवाद जारी छ, यसले निरन्तरता पाउने छ,’ नेम्वाङले नेपाली बहस डटकमसँग भन्नुभयो ।
प्रधानमन्त्री र नेपालबीच बिहीबार पनि संवाद भएको थियो ।







प्रतिक्रिया