काठमाडौं- एमालेको जारी केन्द्रीय कमिटी बैठकमा पार्टी महासचिव ईश्वर पोखरेलले असार मसान्तभित्र पार्टी सदस्यता नवीकरण गर्नुपर्ने प्रस्ताव गर्नु भएको छ ।
शुक्रबारदेखि सुरु भएको एमाले केन्द्रीय कमिटीको बैठकमा सांगठनिक प्रस्ताव पेस गर्दै महासचिव पोखरेलले असार मसान्तभित्र पार्टी सदस्यता नवीकरण गरेर साउन ५ भित्र केन्द्रमा पठाउनुपर्ने प्रस्ताव गर्नु भएको हो ।
बैठकमा पार्टी छाडेका, मृत्यु भएका, निस्क्रिय भएका र कारबाहीमा परेकालाई हटाएर नयाँ सदस्य थप्ने प्रस्ताव पनि गरिएको छ ।
बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ ।







प्रतिक्रिया