काठमाडौं- आजको एमाले केन्द्रीय कमिटी बैठकमा माधवकुमार नेपाल पक्षका नेताहरू उपस्थित भएका छैनन् ।
पार्टी उपाध्यक्ष वामदेव गौतम भने आज पनि बैठकमा उपस्थित हुनु भएको छ । पार्टी एकता अभियान सञ्चालन गरिरहेका गौतम भने बैठकमा सहभागी भएका हुनु भएको हो ।
उहाँले हिजो पनि बैठकमा सहभागिता जनाउनुभएको थियो ।
असन्तुष्ट समूहलाई बैठकमा सहभागी हुनका लागि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेता नेपालसँग आज टेलिफोनमा कुराकानी पनि गर्नु भएको थियो । तर, पनि सो समूह बैठकमा उपस्थित भएको छैन ।







प्रतिक्रिया