काठमाडौं- नेकपा एमालेले साउन २५ गते पार्टीको विधान सम्मेलन गर्ने प्रस्ताव गरेको छ ।
आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको केन्द्रीय कमिटी बैठकले असार मसान्तभित्र सदस्यता नविकरण गरेर साउन २५ गते विधान सम्मेलन गर्ने प्रस्ताव गरेको हो ।
बैठकमा पार्टी महासचिव ईश्वर पोखरेलले यस्तो प्रस्ताव प्रस्तुत गर्नुभएको हो ।
एमालेले साउन ५ गतेसम्म केन्द्रमा सदस्यता विवरण पठाउने, भदौ ५ गते वडा अधिवेशन, भदौ १५ गते पालिका अधिवेशन गर्ने प्रस्ताव गरेको छ ।







प्रतिक्रिया