अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

हस्ताक्षर फिर्ता नलिनेहरू एमालेका नेता हुन सक्दैनन् : प्रधानमन्त्री ओली

हस्ताक्षर फिर्ता नलिनेहरू एमालेका नेता हुन सक्दैनन् : प्रधानमन्त्री ओली


काठमाडौं- प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल एमालेको नेता नै नभएको बताउनुभएको छ ।

आज बालुवाटारमा बसेको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै उहाँले पार्टीको सांगठनिक काममा सक्रिय नभएको व्यक्ति एमालेको नेता हुन नसक्ने बताउनुभयो ।

‘आफ्नो सांगठनिक र वैचारिक क्रियाकलाप चलिरहन्छ त्यसमा व्यवधान हुँदैन । हामी कसैको तर्कका पछाडि जान आवश्यक छैन । कसले कारवाही गर्‍यो, कसले गरेन । काम गरिरहेका छैन अनि नेता त्यो पार्टीको नेता पनि होइन,’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।

पार्टीको विचार र संगठनको पक्षमा भए मात्रै माधव नेपाल एमालेको नेता हुनसक्ने उहाँको भनाई छ । ‘पार्टीको वैचारिक र संगठनको नेतृत्व गरिरहेको छ भने नेता हो । छाडनु भो भने हट्छ,’ उहाँले भन्नुभयो ।

प्रधानमन्त्री ओलीले अब एकता भनेर नेता नेपाललाई पर्खन नसक्नेसमेत बताउनुभयो ।