अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विधान महाधिवेशनका लागि मुख्य नेतालाई तोकियो जिम्मेवारी

विधान महाधिवेशनका लागि मुख्य नेतालाई तोकियो जिम्मेवारी


काठमाडौं- नेकपा एमालेले विधान महाधिवेशनका तयारी गर्न नेताहरूलाई जिम्मेवारी तोकेको छ । शनिबार बसेको केन्द्रीय कमिटी बैठकले महाधिवेशनका तयारी गर्न नेताहरूलाई जिम्मेवारी तोकेको हो ।

बैठकले साउन २५ देखि २७ सम्म हुने विधान महाधिवेशनका लागि अध्यक्ष केपी शर्मा ओलीलाई विधान महाधिवेशनमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदन लेखनको जिम्मेवारी दिएको छ ।

महासचिव ईश्वर पोखरेलले महाधिवेशनमा सांगठनिक प्रतिवेदन पेश गर्ने जिम्मा पाउनुभएको छ । त्यस्तै, उपमहासचिव विष्णु पौडेललाई विधान संशोधन सम्बन्धी प्रस्ताव तयार पार्ने जिम्मवारी दिइएको छ ।

बैठकले स्थायी कमिटी सदस्य रामबहादुर थापा (बादल)लाई विधान महाधिवेशन व्यवस्थापन कमिटीको जिम्मा दिएको छ ।

एमालेको नवौं महाधिवेशनले विधान महाधिवेशनको निर्णय गरेको थियो । विधान संशोधन तथा पार्टीको नीति कार्यक्रम र विचारका बारेमा छलफल गर्न विधान महाधिवेशन परिकल्पना गरिएको हो ।