अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले बैठकमा महेश बस्नेतको प्रस्ताव : संघीयता र धर्म निरपेक्षताबारे समीक्षा गरौं

एमाले बैठकमा महेश बस्नेतको प्रस्ताव : संघीयता र धर्म निरपेक्षताबारे समीक्षा गरौं


काठमाडौं- नेकपा एमालेको केन्द्रीय कमिटी वैठकमा केन्द्रीय सदस्य महेश बस्नेतले ८ बुँँदे प्रस्ताव गर्नु भएको छ । उहाँले आफ्नो प्रस्तावमा संघीयता र धर्म निरपेक्षताको समीक्षा गर्नुपर्ने उल्लेख गर्नुभएको छ ।

‘मुलुकको विशिष्ट पहिचान घोषणा गरौं, धर्म निरपक्षताबारे पनि बहस गरौं,’ केन्द्रीय सदस्य बस्नेतले प्रस्तावमा भन्नुभएको छ ।

उहाँले धर्म निरपेक्षताको बारेमासमेत बहस हुनुपर्ने भन्दै मुलकको विशिष्ठ पहिचानको घोषणा हुनुपर्ने विषय प्रवेश गराउनुभएको छ ।

बस्नेतको ८ बुँदे प्रस्तावमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री रहने गरी संविधान संशोधन हुनुपर्ने र दुई कार्यकालभन्दा बढी प्रधानमन्त्री बन्न नपाइने पनि उल्लेख छ ।