काठमाडौं- नेकपा माओवादी केन्द्रसँगको एकतापछिका करिब ३७ महिना कुहिराको काग जस्तो भएका नेकपा एमालेका कार्यकर्ता अब कुहिरो छलेर अघि बढ्ने मौका पाएका छन् । एमालेले विस्तारै सुन्दर क्ष्तििजतिर यात्रा अघि बढाएको छ । तीनवर्षसम्म पार्टीको नीति हरायो, संगठन हरायो, कार्यकर्ता हराए । सधैं क्रियाशील हुने एमालेजनहरु जिम्मेवारी विहीन भए । ‘जनताको बहुदलीय जनवाद’को वकालत गर्दै हिड्ने एमालेजनहरु बिचारको बहस पार्टीले खुला गरेको छैन भन्ने नाममा बिचारको नसबन्दीमा परे । एकताका नाममा कनिष्ट र विचारविहीन व्यक्तिलाई नेता मान्न विवश भए । सांगठनिक पद्धति र आवधिक निर्वाचनबाट चुनिने प्रक्रियाबाट आएका एमालेजनहरु अधिवेशन नै नगरी नेतृत्वमा पुग्ने झुण्डबाट शासित भएका थिए ।
समयले एमालेजनको यो उकुसमुकुस बुझें झैं गर्यो । २३ फागुनमा सर्वोच्च अदालतले एक प्रकारले नमागेको न्याय दियो एमालेलाई । अदालतको सार थियो– माओवादी कार्यकर्तासँग एमाले कार्यकर्ताको प्रवृति मेल खाँदैन । त्यसैले दुवैले आफ्नो आफ्नो बाटो लागेको राम्रो । २३ फागुनको त्यो फैसलाले नेकपा एमाले नामको पार्टी नेपालको राजनीतिमा फेरि अस्तित्वमा आयो । त्यसले पार्टीका करिब ८ लाख सदस्य र सूर्य चिन्हमा मतदान गर्ने करिब ३१ लाख मतदातालाई एकाएक उत्साहित बनायो ।
उत्साहलाई छायाँ पार्न सक्रिय तत्वहरु एमाले भित्रै निस्किए । कार्यकर्ता र मतदाताको रुचि विपरीत सुरुमा माओवादीका अध्यक्ष प्रचण्डसँग उनीहरु लहसिए । समयले त्यो मोर्चामा शेरबहादुर देउवालाई ल्याएर थपिदियो । अन्तत काँग्रेसका सभापति शेरबहादुर देउवालाई नेता मानेर माधव नेपालको नेतृत्वमा एउटा समूहपछि पछि दौडिरहेको छ । माधव नेपाल निरीह भएर बुढानिलकण्ठ र खुमलटारको ढोका चाहरिरहेको दृष्य हेर्ने आम एमालेजनले यसलाई लज्जाको विषय बनाएका छन् भने विपक्षी कार्यकर्ताले शानको विषय बनाइदिएका छन् ।
समयले एमालेजनको यो उकुसमुकुस बुझें झैं गर्यो । २३ फागुनमा सर्वोच्च अदालतले एक प्रकारले नमागेको न्याय दियो एमालेलाई । अदालतको सार थियो– माओवादी कार्यकर्तासँग एमाले कार्यकर्ताको प्रवृति मेल खाँदैन । त्यसैले दुवैले आफ्नो आफ्नो बाटो लागेको राम्रो ।
माधव नेपालका आजका गतिविधिमा गौरव गर्ने एमालेजन सायदै कम होलान् । धेरैको सोधाइ छ– आखिर माधव नेपाल के का लागि यो सब गर्दैहुनुहुन्छ । एमाले बनाउन वा कमजोर पार्न ? आफू शक्तिशाली हुन वा कमजोर हुन् ? आफू एमाले हुन वा अर्को कुनै अमुक पार्टीको नेता हुन् ? लाग्छ यी प्रश्नको सटिक जवाफ नेपालसँग अहिले छैन । दुई दिन यता विकसित एमालेको घटनाक्रममा माधव नेपालको भूमिका झनै बिसर्न लायक बनेका छन् । उहाँ आफनै समुहका नेताहरुसँगको भेटघाट छल्नलाई आठ घण्टासम्म लैनचौर स्थित सभामुख निवासमा अलमल गर्नुभयो भन्ने समाचारहरु व्याप्त छन् । उहाँले आफ्नै समूहका नेताहरुको फोन उठाउनु भएन भन्ने समाचारहरु ब्याप्त छन् । अहिलेसम्म उहाँले खण्डन नगरेको हुनाले यी समाचारमा सत्यता छ भन्ने आम बुझाइ छ ।
जेठ २,२०७५ को संरचनामा पार्टी फर्किनुपर्छ भन्ने नेपालको भनाइलाई पार्टीको स्थायी कमिटीले नै निर्णय गरेको छ । त्यस अनुसारको पार्टी कमिटी सक्रिय पनि भइसक्यो । तर माधव नेपाल विपक्षीको दैलो चाहर्न छोड्नु भएको छैन ।
अघि बढ्यो एमाले

असार १८ र १९ गते बसेको एमालेको केन्द्रीय कमिटीले एमालेको रथलाई अघि बढाएको छ । पार्टी सदस्यता नवीकरण देखि लिएर महाधिवेशन आयोजना गर्ने व्यवस्थाहरुलाई सक्रिय पारेको छ ।
अबका ११ दिन भित्र सबै पार्टी सदस्यको नवीकरण, साउन २५ देखि २७ सम्म विधान महाधिवेशन लगायतका १० महिनाको पार्टीको कार्ययोजनालाई अन्तिम रुप दिएको छ । अबको करिब ३० घण्टामा सूर्य चिन्हबाट सांसद भएका तर पार्टी निर्णयबिना कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन बुझाएको हस्ताक्षर फिर्ताको घोषणा भएन भने एमालेको इतिहासमा दोस्रो ठूलो कारबाही डण्डा चल्नेछ । एमालेले पार्टी नीति उल्लंघन गरेको आरोपमा २०५४ सालमा वामदेव गौतम सहित ४० जना नेतालाई कारबाही गरेको थियो भने यसपाली माधव नेपाल सहित कम्तीमा २३ जना नेतालाई एकमुस्ट पार्टीबाट निस्कासनको घोषणा गर्नेछ ।
हिजोेको केन्द्रीय कमिटी बैठकमा प्रधानमन्त्री ओलीले हिड्दै गर्दा बाटोमा अरु साथीहरु भेटिन्छन् भन्नुभएको छ । भनाइको अर्थ यो हो कि अहिले साथ छोडिएकाहरुको क्षतिपूर्ति यात्राका अघिल्ला घुम्तीहरुमा भेटिएका नयाँ यात्रीहरुबाट गरिनेछ ।
एमाले महासचिब ईश्वर पोखरेलले शनिबार पेस गरेको पार्टीको कार्ययोजनालाई पछ्याउदै अब एमाले अघि बढ्छ । यो कार्ययोजनाले एमालेका सदस्यहरुले नविकृत हुनेछन् । बिरानो हुँदै गएका पार्टी र जनसंगठनका अधिवेशनहरु हुनेछन् । फागुन चैतमा स्थानीय तहको निर्वाचन सकेर बैशाखको अन्त्यमा एमालेको दशौं महाधिवेशन हुनेछ ।
कुनै हालतमा एमाले चोइटिएको खण्डमा पनि त्यसको क्षतिपूर्ति इमान्दार मतदाता, अनुशासित कार्यकर्ता र दुरदृष्टि राख्न सक्ने नेताहरुबाट हुनेछ भन्ने सबैको अपेक्षा छ ।







प्रतिक्रिया