काठमाडौं- नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले एमालेभित्रको विवाद गहिरो भए पनि एकता सम्भव भएको बताउनुभएको छ । सर्वोच्चको फैसला आएपछि पार्टी एक हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । राष्ट्रिय सभाको आजको बैठकपछि संसद् भवन परिसरमा पत्रकारसँग संक्षिप्त कुरा गर्दै उपाध्यक्ष गौतमले सो कुरा बताउनुभएको हो ।
‘अध्यक्ष केपी शर्मा ओली नेता माधवकुमार नेपालसँग धेरै रिसाउनुभएको छ, नेता नेपाल पनि अध्यक्ष ओलीसँग बेस्सरी रिसाउनुभएको छ,’ नेता गौतमले भन्नुभयो, ‘दुई जनाको रिसलाई कसरी शिथिल बनाउन सकिन्छ, म त्यतातिर लागेको छुँ ।’
केन्द्रीय कमिटी बैठकले आफूलाई पार्टी एकता गर्ने जिम्मेवारी तोकेकाले पनि आफू जिम्मेवार भएर लागिपरेको उहाँले बताउनुभयो ।
पार्टीलाई एक गराउनकै निम्ति म अध्यक्ष अोली पक्षमा लागेको बताउँदै उहाँले भन्नुभयो, ‘यस्तो बेलामा म नआत्तिकन सबैसँग आग्रह गरिरहेको छु, पार्टी एकता सम्भव छ, एकता हुन्छ ।’







प्रतिक्रिया