काठमाडौं- एमाले विवाद समाधानका लागि गठित कार्यदलको दोस्रो चरणको दोस्रो दिनको बैठक सिंहदरबारमा सुरु भएको छ ।
बैठकमा विगतमा कार्यदल तहमा गरिएका छलफल र सहमतिहरुलाई दस्तावेजिकरण गर्ने र सुल्झिन बाँकी रहेका बिषयमा छलफल गर्ने योजना रहेको कार्यदलका एक सदस्यले जानकारी दिनुभयो ।
कतिपयले आजै प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र नेता माधव नेपालको संयुक्त विज्ञप्ती आउँदैछ भनेर प्रचार गरे पनि स्थिति त्यति नजिकमा पुगिनसकेको ती सदस्यको भनाइ छ । ‘पार्टीमा सहमतिको सन्देश दिने त्यसैगरी हो तर अहिले हामी त्यहाँ पुगिसकेका छैनौं,’ माधव पक्षका एक सदस्यले भन्नुभयो ।
संस्थापन पक्षका संयोजक सुवासचन्द्र नेम्वाङले आजै विज्ञप्ती आउने विषय आफूलाई जानकारी नभएको बताउनुभयो ।
कार्यदलका सदस्य भीम आचार्यका अनुसार आज र भोलि सम्ममा विवादका धेरै बिषय समाधान हुने बताउनुभयो । ‘आज सबै बिषय टुंगिदैनन् । भोलि सम्ममा सबै विषय टुंगो लाग्ने अपेक्षा गरेका छौं,’ आचार्यले नेपाली बहस डट कमसँग भन्नुभयो ।







प्रतिक्रिया