काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न कोटेश्वर पुग्नुभएको छ ।
सिंहदरबारमा एमाले एकता कार्यदल बैठक चलिरहेका बेला प्रचण्ड कोटेश्वरस्थित नेपाल निवासमा पुग्नुभएको हो । अहिले दुई नेताबीचको छलफल जारी छ ।
सर्वोच्चले असार २८ मा संसद विघटनसम्बन्धी मुद्दामा फैसला सुनाउने भएपछि नेताहरू थप सक्रिय भएका छन् ।







प्रतिक्रिया