काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर २ हजार ६३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १२ हजार ५८५ नमुना परीक्षण गर्दा सो संख्यामा कोरोना पुष्टि भएको हो ।
काठमाडौं उपत्यकामा आज ४ सय ९९ जना संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौं जिल्ला ३६५, ललितपुरमा १०५ र भक्तपुरमा २९ संक्रमित थपिएका हुन् ।
त्यस्तै, आज १५ संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार २६३ पुगेको छ ।
पछिल्लो २४ घण्टामा मुलुकमा थप १५६५ जना संक्रमणमुक्त भएका छन् ।
योसँगै संक्रमणमुक्त हुनेको संख्या ६ लाख १२ हजार पुगेको छ ।







प्रतिक्रिया