काठमाडौं- नेकपा एमालेका कार्यदल संयोजक भीम रावलले आजको बैठकमा पार्टीको संगठनात्मक विषयमा छलफल भउको बताउनुभएको छ ।
बैठकपछि सञ्चारकर्मीसँगको कुराकानीमा उहाँले दोस्रो दिनको बैठक संगठनात्मक प्रणालीसँग सम्बन्धित विषयमा केन्द्रीत भएको बताउनुभएको हो ।
‘जसरी अदालतको फैसलापछि नेकपा एमाले पुनर्जीवित भएको छ । त्यसपछि एमालेको संगठनात्मक विषयसँग सम्बन्धित समस्याहरू उत्पन्न भएका छन् । ति विषयमा कार्यदलका सबै सदस्यहरूबाट सहमतिका आधारमा अघि बढ्ने बारेमा छलफल भयो’, एमाले उपाध्यक्षसमेत रहनुभएका नेता रावलले भन्नुभयो, ‘यिनै विषयमा पुनः भोलि छलफल हुन्छ ।
सर्वोच्चको गत फागुन २३ गतेको आदेशपछि एमाले २०७५ जेठ २ को अवस्थामा फर्कनुपर्नेमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले फागुन २८ मा आफुपक्षीय बैठक राखेर नेताहरूको जिम्मेवारी हेरफेर गर्नुका साथै विधानसमेत संशोधन गर्नु भएको थियो ।
प्रतिक्रिया