अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु

टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु


सप्तरी- सप्तरीको कञ्चनरूपमा आज भएको सडक दुर्घटनामा एक साइकलयात्रीको मृत्यु भएको छ । पूर्व-पश्चिम राजमार्गस्थित सडकखण्डअन्तर्गत कञ्चनरुप नगरपालिका-११ बेङ्गरी चोकमा भएको दुर्घटनामा सोही ठाउँकी ४० वर्षीया कौशिल्या चौधरीको घटनास्थलमै मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको स१क २८० नम्बरको टिपरले साइलकलाई ठक्कर दिएको इलाका प्रहरी कार्यालयय कञ्चनरूप सप्तरीका प्रहरी नायब उपरीक्षक लोकनाथ तिम्लिसिनाले बताउनुभयो ।

शव परीक्षणका लागि राजबिराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याइएको छ । टिपर र चालक इलाका प्रहरी कार्यालयको नियत्रणमा रहेको प्रहरीले जनाएको छ ।