अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रासस सञ्चालक समिति सदस्यमा विद्रोही नियुक्त

रासस सञ्चालक समिति सदस्यमा विद्रोही नियुक्त


काठमाडौं- राष्ट्रिय समाचार समिति (रासस) को सञ्चालक समिति सदस्यमा पत्रकार माधव भण्डारी (विद्रोही)  नियुक्त हुनुभएको छ ।

नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रीस्तरीय निर्णयअनुसार यही असार २१ गते उहाँलाई रासस ऐन, २०१९ बमोजिम चार वर्षका लागि नियुक्त गरिएको होे । विसं २०२२ जेठ १३ मा जन्मनुभएका झापाको भद्रपुर नगरपालिका-८ निवासी विद्रोही विसं २०४३ देखि निरन्तर पत्रकारिता पेशामा हुनुहुन्छ । नवनियुक्त सदस्य विद्रोहीलाई सञ्चारमन्त्री वसन्तकुमार नेम्वाङले आज सिंहदरबारमा नियुक्तिपत्र हस्तान्तरणसहित बधाई दिनुभयो ।

सो अवसरमा मन्त्रालयका सचिव हरिप्रसाद बस्याल, राससका महाप्रबन्धक सिद्धराज राईलगायत उपस्थित हुनुहुन्थ्यो । सदस्य विद्रोहीलाई आजै रासस केन्द्रीय कार्यालय, भद्रकालीमा स्वागत गरियो ।

हाल रेडियो भिजनका कार्यक्रम संयोजक र स्वाधीन संवाद साप्ताहिकका सम्पादक एवं प्रकाशक विद्रोहीसँग यसअघि कुराकानी, डेली डायरी, ज्वाला, दृष्टि, बुधबार, जनआस्था साप्ताहिक तथा च्यानल नेपाल, कञ्चनजङ्गा एफएमको कार्य अनुभव छ ।

पत्रकार विद्रोहीले राष्ट्रिय पत्रकारिता पुरस्कार, मोतीराम पत्रकारिता पुरस्कार, द्रोणाचार्य स्मृति पत्रकारिता पुरस्कार र डिकमान विरही स्मृति पत्रकारिता पुरस्कार प्राप्त गर्नुभएको छ । नेपाल पत्रकार महासङ्घ, झापाका पूर्वअध्यक्ष एवं प्रेस चौतारी नेपालका केन्द्रीय प्रतिनिधि भण्डारीले पत्रकारिताकै क्रममा विसं २०४४ र २०४६ मा गरी दुई पटक शान्ति सुरक्षा मुद्दामा कारागार जीवन पनि बिताउनुभएको थियो ।