अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

म्याग्दीमा बाढीले बगाउँदा एकको मृत्यु, एक बेपत्ता

म्याग्दीमा बाढीले बगाउँदा एकको मृत्यु, एक बेपत्ता


म्याग्दी- म्याग्दीको मालिका गाउँपालिका रातोढुङ्गामा बाढीले घर बगाउँदा आज बिहान एक जनाको मृत्यु भएको छ । बाढीले बगाएका अर्का एक जनाको अवस्था अज्ञात छ ।

म्याग्दी मङ्गला गाउँपालिका -५ को खहरेखोलामा आएको बाढीले म्याग्दी खोलाको धार परिवर्तन गरेर कटान गर्दा वडा नम्बर ६ का खगेन्द्र रोकाको घर बगाएको हो । घरभित्र सुतिरहेका मालिका ६ का खगेन्द्रका छोरा बजिन र बुहारी बिनालाई बाढीले बगाएको मालिका–६ का वडाध्यक्ष सन्तोष सुवेदीले जानकारी दिनुभयो ।

वहाँका अनुसार बजिनको शव भेटिएको र बिना बेपत्ता हुनुहुन्छ । इलाका प्रहरी कार्यालय दरबाङबाट खटिएका प्रहरी, जनप्रतिनिधि र स्थानीयवासी बेपत्ताको खोजी र जोखिममा रहेका घरको व्यवस्थापनमा खटिएका छन् । खहरेखोलाको बाढी पसेर मङ्गला गाउँपालिकामा पनि एउटा घरमा क्षति गरेको छ । रातोढुङ्गाको बस्ती, निर्माणाधीन ३२र११ केभी क्षमताको सबस्टेसन र सयौँ रोपनी खेतीयोग्य जमीन जोखिममा परेको छ । इलाका प्रहरी कार्यालय दरबाङका प्रहरी निरीक्षक सन्तोष पौडेलले घटनास्थल पुगेर क्षतिको विवरण सङ्कलन, बेपत्ताको खोजी र जोखिममा परेका घरधुरी व्यवस्थापनमा जुटेको बताउनुभयो ।