अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री ओली र नेता नेपालबीच आजै भेट गराउने तयारी

प्रधानमन्त्री ओली र नेता नेपालबीच आजै भेट गराउने तयारी


काठमाडौं- एमाले विवादको समाधानका लागि कार्यदलले सहमतिको अन्तिम खाका बनाएको छ । आज साँझसम्म प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधव नेपालबीच भेटघाट भएपछि यसले अन्तिम रुपमा पाउने नेताहरूले बताएका छन् ।

संस्थापनतर्फको कार्यदलका सदस्य सुवासचन्द्र नेम्वाङका अनुसार आजै साँझसम्म प्रधानमन्त्री ओली र नेता नेपालबीच भेटघाटको सम्भावना छ । त्यसअघि कार्यदलका सदस्यहरू बाँडिएर आवश्यकताअनुसार प्रधानमन्त्री ओली र नेता नेपालाई भेट्ने योजना छ । ‘हामी करिबकरिब सहमति नजिक पुगेका छौँ ।

आवश्यकता अनुसार कोही गएर माधव नेपाललाई हाम्रो तयारीका बारेमा ब्रिफिङ गर्छौं, कोही गएर प्रधानमन्त्रीलाई ब्रिफिङ गर्छौँ,’ नेम्वाङले नेपाली बहस डट कमससँग भन्नुभयो, ‘त्यसआधारमा आजै साँझसम्ममा उहाँहरूको भेटघाट हुन्छ । कुनै हिसाबले तयारी पुगेन भने भोलि भेटघाट हुन्छ । त्यसपछिको निर्देशनका आधारमा हामीले बनाएको सहमतिको ड्राफ्ट फाइनल हुन्छ ।’

नेता नेम्वाङले अब विवाद टुंगिने र कार्यदलले पनि काम सक्ने चरणमा पुगेको समेत बताउनुभयो ।